मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए कतारको अध्यक्षमा जैबी राई चाम्लिङको उम्मेदवारी घोषणा

बिहीबार, २८ असार २०८०, २३ : ३२
बिहीबार, २८ असार २०८०

दोहा । गैरआवसीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा जैबी राई चाम्लिङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । विगत लामो समय देखि कतारमा कार्यरत रहेका चाम्लिङ विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन् । सामाजिक क्षेत्रमा आफूले आर्जन गरेको अनुभवको आधारमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।

२००३ मा स्थापना भएको यस सामाजिक सस्थामा सन २०१२ देखि निरन्तर नेपालीका लागि नेपाली भन्ने श्लोकगनलाई आत्मासात गरि यस सामाजिक अभियानमा निरन्तर रहेको र एनआरएनए एनसीसी कतारका बर्तमान प्रथम उपाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्। 
 
कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका चाम्लिङ सामाजिक सहकार्य आर्थिक पारदर्शिता मजदुरमैत्री एनआरएनए अभियान मेरो प्रतिवद्धताका साथमा आगामी २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेको उनले बताए । संघको निर्वाचन २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाईमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप