‘रुसी सेनाले युक्रेन नछाडेसम्म वार्ता हुँदैन’
किएभ । रुसी सेनाले आफ्नो भूमि नछोडेसम्म मस्कोसँग वार्ता नगर्ने युक्रेनले स्पष्ट गरेको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुखले शुक्रबार रुसी सैनिक युक्रेनबाट बाहिरिएपछि मात्र वार्ताका बारेमा विचार गर्न सकिने बताएका छन् ।
युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले रुसी सेनाले युक्रेनी भूभाग छोडेपछि मात्र वार्ताहरूका बारेमा विचार गरिने पत्रकारहरूलाई बताएका छन् ।
यसैबीच, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनले रसियालाई अर्को हप्ता समाप्त हुने खाद्यान्न आपूर्ति सम्झौताको अवधि बढाउन दबाब दिँदै यदि त्यसो नभएमा विकासोन्मुख विश्वले क्षति भोग्नुपर्ने चेतावनी दिए ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा मस्कोको आक्रमणबाट उत्पन्न भएको विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्न युक्रेनी अन्नको निर्यात अनुमति दिने सम्झौता नवीकरण गर्न सहमत भएको बताए ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण