आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा भयङ्कर गर्मी, लूको चपेटामा थुप्रै राज्य

आइतबार, ३१ असार २०८०, ०९ : २८
आइतबार, ३१ असार २०८०

अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्यधिक गर्मी भइरहेको छ । दक्षिण–पश्चिममा लूको खतरनाक स्तर पुग्ने चेतावनी जारी गरिएको छ । राष्ट्रिय मौसम सेवाले शनिवार गर्मीको प्रभावलाई कम नसोच्न चेतावनी दिएको छ ।

लगभग एक तिहाइ अमेरिकी (लगभग ११ करोड) यसबाट प्रभावित छन् । फ्लोरिडादेखि क्यालिफोर्निया र अब वासिङ्टन पनि लूको चपेटामा छ । विश्वको सबैभन्दा तातो ठाउँमध्ये एक, क्यालिफोर्नियाको डेथ भ्याली, मा तापक्रम ५३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ  ।

लास भेगास र नवादाजस्ता केही स्थानमा केही दिन भित्रै तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्छ ।

छिमेकी देश क्यानडाका अधिकारीका अनुसार औसतभन्दा बढी तापक्रमका कारण डढेलो लागिरहेको छ जसले अमेरिकाका केही भागलाई धुवाँले ढोकेको छ । डढेलोका कारण हालसम्म २.५ करोड एकड जमिन जलिसकेको छ ।

अमेरिकामा गर्मीका कारण हरेक वर्ष ७ सय जनाको मृत्यु हुन्छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप