अमेरिकामा भयङ्कर गर्मी, लूको चपेटामा थुप्रै राज्य
अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्यधिक गर्मी भइरहेको छ । दक्षिण–पश्चिममा लूको खतरनाक स्तर पुग्ने चेतावनी जारी गरिएको छ । राष्ट्रिय मौसम सेवाले शनिवार गर्मीको प्रभावलाई कम नसोच्न चेतावनी दिएको छ ।
लगभग एक तिहाइ अमेरिकी (लगभग ११ करोड) यसबाट प्रभावित छन् । फ्लोरिडादेखि क्यालिफोर्निया र अब वासिङ्टन पनि लूको चपेटामा छ । विश्वको सबैभन्दा तातो ठाउँमध्ये एक, क्यालिफोर्नियाको डेथ भ्याली, मा तापक्रम ५३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
लास भेगास र नवादाजस्ता केही स्थानमा केही दिन भित्रै तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्छ ।
छिमेकी देश क्यानडाका अधिकारीका अनुसार औसतभन्दा बढी तापक्रमका कारण डढेलो लागिरहेको छ जसले अमेरिकाका केही भागलाई धुवाँले ढोकेको छ । डढेलोका कारण हालसम्म २.५ करोड एकड जमिन जलिसकेको छ ।
अमेरिकामा गर्मीका कारण हरेक वर्ष ७ सय जनाको मृत्यु हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण