आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी ६२ वटा अस्पतालमा उपचार गराउँदा ज्येष्ठ नागरिकलाई सुविधा (सूचीसहित)

मङ्गलबार, ०२ साउन २०८०, १५ : ३३
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक जेरियाट्रिक स्वास्थ्य सेवा मार्गदर्शन संचालन गरेको छ । जसअनुसार ज्येष्ठ नागरिकलाई सेवा प्रदानका लागि अस्पतालको संख्या थप गरी ६२ वटा पुर्‍याएको छ ।

ती अस्पतालमा ज्येष्ठ नागरिकलाई छुट सुविधा उपलब्ध उपचार उपलब्ध हुनेछ । यस आर्थिक वर्षमा सरकारले कीर्तिपुर बर्न अस्पताल र नरदेवी आयुर्वेद अस्पतालमा थप गरेको हो । यसअघि २०७९/८० मा ६० वटा अस्पतालहरूले यो सेवा सञ्चालन गर्दै आएका थिए ।

ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एवम् सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालहरूमा ज्येष्ठ नागरिक वार्ड स्थापना तथा संचालन विस्तार गर्दै लगिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।  

तोकिएको अस्पतालमा उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिको मापदण्डका आधारमा सेवा दिनुपर्छ । ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ।

यस्तै ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट अनुसार निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

यसैगरी ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट उपदफा (क) मा तोकिएका सेवाहरुको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा ७५ प्रतिशत छुट दिनुपर्ने छ ।

यसैगरी ८० देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई उपदफा (ख) मा तोकिएका सेवाहरुको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट दिनुपर्ने छ ।

मन्त्रालयका अनुसार ८५ वर्षभन्दामाथिका व्यक्तिलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।

अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गर्दा लागेको खर्चमा कुनै छुट सुविधा नहुने बताइएको छ ।  

अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा दिन सहज हुने पूर्वाधारको निर्माण गर्नुपर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप