राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
सारांश
- राष्ट्रिय सभाका दुई समितिले सोमबार विकास निर्माण र प्रादेशिक अनुगमनका विषयमा छलफल गर्न बैठक आह्वान गरेका छन्।
- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको प्रगतिबारे सरोकारवाला निकायसँग छलफल गर्नेछ।
- सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले कर्णाली प्रदेशको स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल गर्नेछ।
काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका दुईवटा महत्त्वपूर्ण समितिका बैठकहरू सोमबार एकै समयमा बस्दै छन्।
सोमबार बिहान ११:०० बजे राष्ट्रिय सभाका दुई फरक समितिले विकास निर्माण र प्रादेशिक अनुगमनका विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन्।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३३औँ बैठकमा नागढुङ्गा-सिस्नेखोला सुरूङ्गमार्गको प्रगति र अवस्थाका बारेमा सरोकारवाला निकायसँग छलफल हुनेछ। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्ने उक्त बैठकमा नागढुङ्गा सुरुङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग विस्तृत समीक्षा गर्ने कार्यसूची रहेको छ।
बैठकमा विविध विषयसहित मुख्य छलफलका लागि सडक विभागका महानिर्देशक र नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजना कार्यालयका आयोजना प्रमुखलाई आमन्त्रण गरिएको जानकारी शाखा अधिकृत गुणमाया सुनुवारले दिएकी छन्।
यसैगरी, सोमबार बिहान ११:०० बजे नै राष्ट्रिय सभाकै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्ने तय भएको छ। समितिको आफ्नै बैठक कक्षमा बस्ने यस बैठकमा कर्णाली प्रदेशमा गरिएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ। समितिले कर्णाली प्रदेशको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन र विविध विषयमा छलफल गर्न समितिका सम्पूर्ण सदस्यहरू तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण