शङ्कास्पद वस्तु राख्नेको बयान–काम गर्ने मान्छे हुँ, राख्न लगाउनेलाई चिन्दिनँ !
काठमाडौँ । काठमाडौँको सिनामंगलमा शङ्कास्पद बस्तु राखेको आरोपमा प्रहरीले रौतहट घर भएका खजान्ती पासवानलाई पक्राउ गरेको छ । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–८ घर भका पासवान सिनामंगलस्थित सुकुम्वासी बस्तीमा बस्छन् ।
पासवानलाई घटनास्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए । खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा पक्राउ परेका पासवानले आफूलाई मोबाइल दिएर कसैले राख्न लगाएको बयान दिएका छन् ।
पक्राउपछि प्रहरीसँग उनले भनेका छन्–‘राख्न लगाउने मान्छेलाई चिन्दिनँ, नेपाली मान्छे हो ।’ शङ्कास्पद बस्तु दिनेले ‘त्यहाँ राख’ भनेपछि आफूले राखेको उनले बताएका छन् ।
शङ्कास्पद बस्तु राखेपछि उनी घटनास्थलमा नै बसेर रमिता हेरिरहेका थिए । अनुसन्धान अधिकृतहरूले उनलाई सिसिटिभी फुटेको आधारमा पक्राउ गरेका हुन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्–‘म काम गर्ने मान्छे हुँ ।’
घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको छ । पर्चामा लेखिएको छ–‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठुलो प्रगति हुनेछ भन्ने आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ सावधान रहनुहोला ।’ नेपाली सेनाले शङ्कास्पद बस्तु डिस्पोज गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण