सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जसपाले फेर्‍यो पार्टीको झण्डा र लोगो

बिहीबार, ०४ साउन २०८०, १८ : ०४
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको झण्डा र लोगो फेरेको छ । जसपाले संशोधनसहित तयार भएको विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झण्डा र लोगो बनाएको हो ।

असार १० देखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा पार्टीको विधान मस्यौदा प्रस्तुत गरिएको थियो । त्यसमा छलफल हुँदा आएको सुझावका आधारमा जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको एक समितिले विधानलाई अन्तिम रुप दिई त्यसलाई बिहीबार प्रमाणीकरण गरेको छ । प्रमाणीकरण गरिएको विधानअनुसार पार्टीको झण्डा र लोगो परिवर्तन गरेको छ ।

यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो  रंगको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ । त्यस्तै यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनुसार पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप