हाम्रो माग पूरा नभए बजेटमा पनि प्रतिरोध हुन्छ : रमेश लेखक
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नभए बजेट प्रस्तुतमा पनि प्रतिरोध हुने बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा अवरोध गरेको कांग्रेसले बजेट पनि सहज प्रस्तुत हुन नदिने संकेत गरेको हो ।
सोमबार दिउँसो बसेको संसदीय दलको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विपक्षीले उठाएको माग सम्बोधन भए बजेट प्रस्तुत गर्दा पनि प्रतिरोध हुने बताए । संविधान अनुसार जेठ १५ मा सरकारले ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ । ‘माननीय अर्थमन्त्रीजीले बजेटको पाठ गर्नुपर्छ । वातावरण त सरकारले बनाउनुपर्यो नि । सरकार वातावरण नबनाउने । बलमिच्याइ गर्ने । ज्यादती गर्ने, बहुमतको दम्भले काम गर्ने, प्रतिपक्षलाई बोल्न नदिने ढंगले सरकार अगाडि बढ्यो भने त्यसको प्रतिरोध हुन्छ,’ उनले भने ।
आफूहरूले उठाएको (सहकारी ठगीमा संसदीय छानबिन समिति गठन) मुद्दा सम्बोधन हुने गरी सरकार प्रस्तुत भए सदन सहज ढंगले सञ्चालन हुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण