फेरि बढ्यो सेयर बजार, दुई दिनमा ७२ अंकको वृद्धि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार २७.५४ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.३३ प्रतिशतले बढेर बन्द भएको हो ।
कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । यससँगै पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७२ अंकको वृद्धि आएको छ ।
यसक्रममा सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढ्दा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ ।
सोमबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यसबाहेक नेरुडे मिरमिरे लघुवित्त, बाराही हाइड्रोपावर र एनआईसी एसिया बैंकको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये ५ समूहमा गिरावट आएको छ । सोमबार वित्त समूह, जीवन बीमा समूह, उत्पादनमूलक समूह, लघुवित्त समूह र निर्जीवन बीमा समूहको सूचक घटेको हो । यसबाहेक बैंक, विकास बैंक, होटल तथा टुरिजम, जलविद्युत, लगानी, म्यूचुअल फण्ड, अन्य र व्यापार समूहको सूचक बढेको छ ।
आइतबार पनि नेप्सेमा उच्च अंकको वृद्धि आएको थियो । आइतबार नेप्से परिसूचक ४५ अंकले बढेर ५ अर्ब २५ करोडभन्दा माथिको कारोबार भएको थियो । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षापछि नेप्सेमा लगातार वृद्धि आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण