महिला विश्वकप फुटबल : दोस्रो खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई हरायो
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार भएको दोस्रो खेलमा आयोजक अस्ट्रेलियाले आयरल्यान्डलाई १—० गोलले हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा अस्ट्रेलियाले निर्णायक गोल गरेको थियो ।
निर्धारित समयको ५२ औं मिनेटमा अस्ट्रेलियाका लागि स्टेफानी क्याट्लीले पेनाल्टीमार्फत गोल गरेकी थिइन् । प्रतियोगितामा अस्ट्रेलिया समूह ‘बी’ मा छ । त्यसअघि बिहीबार नै भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो ।
अकल्यान्डमा खेलिएको उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८ औं मिनेटमा न्युजिल्यान्डका लागि हनाह विलकिन्सनले निर्णायक गोल गरेकी थिइन् ।
महिला विश्वकपको नवौं संस्करण न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्दैछन् । महिला विश्वकप अगस्त २० सम्म सञ्चालन हुनेछ । कुनै पनि दुई राष्ट्रले संयुक्त रुपमा महिला विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो ।
दुई छुट्टाछुट्टै क्षेत्रीय महासंघले विश्वकप फुटबल आयोजना गर्न लागेको पनि यो पहिलो पटक हो । यसअघि पुरुष विश्वकप पनि छुट्टाछुट्टै क्षेत्रीय फुटबल महासंघले आयोजना गरेका छैनन् । अस्ट्रेलियन एसियाली फुटबल महासंघको सदस्य हो । न्युजिल्यान्ड भने ओसेनिया फुटबल महासंघको सदस्य हो ।
महिला विश्वकपको नवौं संस्करणमा पहिलो पटक ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो महिला विश्वकपमा २४ वटा राष्ट्रले भाग लिएका थिए । प्रतियोगिताको समूह ‘ए’ मा न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड र फिलिपिन्स रहेका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा रहेका छन् ।
यसैगरी समूह ‘सी’ मा स्पेन, कोस्टारिका, जाम्बिया र जापान परेका छन् । समूह ‘डी’ मा इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन छन् । समूह ‘ई’ मा अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल छन् । समूह ‘एफ’ मा फ्रान्स, जमैका, ब्राजिल र पानामा छन् । समूह ‘जी’ मा स्विडेन, दक्षिण अफ्रिका, इटाली र अर्जेन्टिना छन् । समूह ‘एच’ मा जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया रहेका छन् ।
समूहगत चरणपछि नकआउट चरणको खेल हुनेछ । पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुईदुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रिक्वार्टरफाइनलबाट आठ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि क्रमशः सेमिफाइनल र फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण