भारत : एक घण्टाभित्र तीनवटा भूकम्पको धक्का
शुक्रबार, ०५ साउन २०८०, ०९ : २२
भारतको राजस्थानको राजधानी जयपुरमा शुक्रवार बिहान एक घण्टाभित्रै भूकम्पको तीन धक्का महसुस गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिहान ४ बजेर ९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो ।
त्यसपछि ४ बजेर २२ मिनेटमा दोस्रो र ४ बजेर २५ मिनेटमा तेस्रो झटका महसुस भएको थियो । यी भूकम्पको तीव्रता ३ दशमलव १ देखि ४ दशमलव ४ रेक्टरसम्म रेकर्ड गरिएको छ ।
भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा धनमालको क्षति नभएको प्रहरी नियन्त्रण कक्षले जनाएको छ ।
जयपुर सहित प्रदेश में अन्य जगहों पर भूकंप के तेज़ झटके महसूस किए गए हैं।
— Vasundhara Raje (@VasundharaBJP) July 20, 2023
I hope you all are safe!
#Jaipur #earthquake #Rajasthan
राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा राजेले ट्विटरमा लेखेकी छिन्, ‘जयपुरसहित राज्यका अन्य ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ । मलाई आशा छ तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण