शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारत : एक घण्टाभित्र तीनवटा भूकम्पको धक्का

शुक्रबार, ०५ साउन २०८०, ०९ : २२
शुक्रबार, ०५ साउन २०८०

भारतको राजस्थानको राजधानी जयपुरमा शुक्रवार बिहान एक घण्टाभित्रै भूकम्पको तीन धक्का महसुस गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिहान ४ बजेर ९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो ।

त्यसपछि ४ बजेर २२ मिनेटमा दोस्रो र ४ बजेर २५ मिनेटमा तेस्रो झटका महसुस भएको थियो । यी भूकम्पको तीव्रता ३ दशमलव १ देखि ४ दशमलव ४ रेक्टरसम्म रेकर्ड गरिएको छ ।

भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा धनमालको क्षति नभएको प्रहरी नियन्त्रण कक्षले जनाएको छ ।

राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा राजेले ट्विटरमा लेखेकी छिन्, ‘जयपुरसहित राज्यका अन्य ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ । मलाई आशा छ तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप