शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन बेलायतमा आज निर्वाचन,  तीन जनाबीच प्रतिस्पर्धा

शनिबार, ०६ साउन २०८०, ०८ : ३८
शनिबार, ०६ साउन २०८०

बेलायत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको आगामी कार्यकालको लागि आज  निर्वाचन हुँदै छ ।

४१८३ मतदाता रहेको निर्वाचनमा  अनलाइन मार्फत हुने गैरआवासीय नेपाली सङ्घ युकेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी ढकालले जनाए । 

निर्वाचन समितिका अनुसार  मतदान बिहान ६ बजे देखि राति १२ बजे सम्म अनलाइन मतदान जारी रहनेछ । भोटिङ व्यवस्थापनको जिम्मा अष्ट्रेलियको भेरे भेण्डरले लिएको छ । गैरआवासीय नेपाली सङ्घले यसै वर्ष देखि फेसभेरिफिकेशन मार्फत अनलाइन निर्वाचनको सुरुआत गरेको छ। 

सङ्घको अध्यक्ष पदको लागि दिनेश घिमिरे, हितकाजी गुरुङ र नारायण कँडेल चुनावी मैदानमा उत्रेका छन् । घिमिरेलाई सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसी पक्षको समर्थन रहेको छ भने अर्का अध्यक्ष कुल आचार्यले गुरुङलाई समर्थन गरेका छन् । कँडेलले आफूलाई स्वतन्त्र उम्मेदवारको रूपमा उभ्याएका छन् । 

सङ्घको ४ आइसीसी (केन्द्रीय) सदस्यको लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ । आइसीसी सदस्यमा शुनिलबाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, दिलराज गुरुङ, र डा सुनिल शाहको उम्मेदवारी कायम छ ।

यस्तै, सङ्घको २ उपाध्यक्ष पदको लागि ज्ञानेन्द्र आले, रवीन्द्र कँडेल, सुरेश परियार, ओमन गौचन र कर्मा शेर्पाबीच निर्वाचन हुँदै छ । 

यस्तै स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल र रामप्रसाद बगालेबीच निर्वाचन हुने भएको छ ।  

महासचिवमा गोविन्द खरेल र बालकृष्ण भुषालबीच निर्वाचन हुने भएको छ । भुषाल नेपाल सरकारका पूर्व सहसचिव हुन् ।   सहकोषाध्यक्षमा हेम गुरुङ र सुमन शर्माबीच निर्वाचन हुने भएको छ ।  

युवा संयोजकमा विकास नेपाल र सुजित शाहीबीच निर्वाचन हुने भएको छ। सङ्घका अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित भैसकेका छन् । 

यस्तै, इंल्याण्ड राज्यपरिषदको अध्यक्षमा शम्भु प्रसाद अर्याल र सन्तोष कुमार सुवेदीबीच निर्वाचन हुने भएको छ ।

स्कटल्याण्ड राज्यपरिषदको सबै पदमा दोहोरो प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा दिवाकर पाण्डे र उज्वल कार्की, उपाध्यक्षमा प्रजापति शर्मा र कमल श्रेष्ठ सचिवमा मोतिलाल खरेल र रामप्रसाल कँडेल, सहसचिवमा भूपाल कार्की र भोजराज खरेलबीच निर्वाचन हुने पक्का भएको छ ।

कोषाध्यक्षमा बासुदेव पोखरेल र सहकोषाध्यक्षमा कल्याण अर्याल निर्विरोध निर्वाचित भए । 

कार्यसमितिको ४ पदमा ८ जनाको उम्मेदवारी कायम रहे पछि सबै पदमा निर्वाचन हुने भएको छ । सदस्यहरुमा सागर पाण्डे, झपेन्द्र सापकोटा, मनोहरि सापकोटा, बिराज ढुङ्गेल, जीवालाल भण्डारी, पवित्रा भण्डारी, तुल्सीराम न्यौपाने र स्वस्थितमा खड्का छन् ।

गैरआवासीय नेपाली सङ्घको अक्टोबरमा हुने ११ औँ महाधिवेशनको तयारी स्वरूप सङ्घको विश्वभर छरिएका शाखाहरूमा जुलाई महिनाभित्र निर्वाचन गरी सक्नु पर्ने प्रावधान रहेको छ । हाल सम्म दुई दर्जन देशमा निर्वाचन सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप