गठबन्धन तोड्ने षडयन्त्र भइरहेको छ: माधवकुमार नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन् । अध्यक्ष नेपालले काँग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरेका हुन् ।
शनिबार काठमाडौँमा आयोजित ‘समाजवाद: बहस र सङ्घर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत जिकिर गरे ।
उनले भने, ‘घुमिफिरी शत्रु भनेको काँग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षडयन्त्र हुन सक्दछ । त्यसकारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन । सिद्धान्त सोचेजस्तो हुँदैन । नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ । किन ? यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन् । यो सबै अवस्था भित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरू र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरू, उसका आफ्नै सीमाहरू बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुट्नु पर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौँ ।’
अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए । उनले पुँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकिर गरे । त्यस अवसरमा अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई अध्ययनशील बन्न पनि सचेत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण