शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेशः रमेश लेखक

मङ्गलबार, ०९ साउन २०८०, १२ : २०
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन् । 

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया रहेको बताए । उनले केन्द्रिय समितिको बैठक राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधवार सार्वजनिक हुने बताए । उनले बैठकले आम नागरिकको जनजीविका बारेमा विशेष छलफल गरेको बताए । 

उनले भने, ‘बैठक राम्रोसँग सञ्चालन भएको छ । मुलतः दुई कोणमा व्यापक कुरा भयो, आन्तरिक जीवनको बारेमा कुरा भयो, विधान कार्यान्वयन, समिति पूर्णता दिने, राजनीतिक अभियान सञ्चालन गर्ने कुरामा धेरै कुरा भयो । साथै पार्टीको जीवन भन्दा बाहिर आम नागरिकको जनजीविका, दिनानुदिनको बारेमा छलफल भएको छ, यो बैठकले पार्टी भित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो, बैठक सकारात्मक छ, भोलि निस्कर्षमा पुग्नेछौँ । काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ । फेरबदल अहिले कति देखिए कति देखिएनन् तर फेरबदल स्वभाविक हुन् र यी हुन्छन् ।’

प्रमुख सचेतक लेखकले केन्द्रिय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्नु राम्रो भएको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप