एलओडीका म्यानेजर र कर्मचारी धरौटीमा रिहा
काठमाडौँ । काठमाडौँको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिङ्क्स)का म्यानेजर सहदेव सेढाईं र काउण्टरमा कार्यरत सपना ढुंगाना धरौटीमा छुटेका छन् ।
जिल्ला अदालतको आदेश अनुसार दुवैजना जनही एक लाख धरौटी तिरेर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए ।
सरकारी वकिल कार्यालयले उनीहरुसहित ३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । नाबालिकलाई क्लबमा छिराएको आरोपमा प्रहरीले उनीहरुविरुद्ध ‘बाल बालिका सम्बन्धी कसुर’मा अनुसन्धान गरेको थियो ।
क्लब संचालक राजुसिंह सुवाल र रुदिल बल्लभ श्रेष्ठलाई मुद्दा नचल्ने निर्णय गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उन्मुक्ति दिएको छ । ललितपुर प्रहरीले दुवै संचालकलाई पक्रेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीको जिम्मा लगाएको थियो ।
जेठ ३० मा १५ वर्षीय बालिकालाई क्लबमा प्रवेश गरेकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण