एलओडीका दुई सञ्चालकविरुद्ध मुद्दा नचल्ने निर्णय
काठमाडौँ । काठमाडौँको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिङ्क्स) का सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको छ । बालबालिकासम्बन्धी कसुरमा सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।
जेठ ३० मा १५ वर्षीया बालिकालाई क्लव प्रवेशमा अनुमति दिएको आरोपमा पक्राउ परेका सो क्लबका सञ्चालकहरू राजुसिंह सुवाल र रुदिल बल्लभ श्रेष्ठलाई सरकारी वकिलले यसअघि नै ‘जिम्मा जमानी’ मा छाड्न निर्देशन दिएको थियो ।
क्लबका म्यानेजर सहदेव सेढाईंसहित ३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपाउनेले रातोपाटीलाई बताए । उनले भने– ‘मुद्दा दर्ता भएर बयान सुरु भएको छ ।’
क्लबको काउन्टरमा कार्यरत सपना ढुङ्गाना र अर्का एकजना कर्मचारीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : सर्यो मतदानको समय
-
मेसीबारे प्रश्नमा रोनाल्डोको जवाफः मलाई कुनै वास्ता छैन
-
१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थतादेखि सहमति अभावसम्म
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण