साउन २३ देखि रिलायबल लाइफको आईपीओ
सोमबार, १५ साउन २०८०, १० : ४८
काठमाडौँ । यही साउन २३ गतेदेखि रिलायबल लाइफले साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले उक्त मितिदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री खुलाउने भएको हो ।
लाइफले १०० रुपैयाँ अंकित सेयरमा १५७ रुपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री खुलाउने छ । जारी पूँजी ४ अर्बको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणलाई बिक्री गर्ने कम्पनीको योजना छ ।
यसअनुसार १ करोड २० लाख कित्ता सेयर बिक्री गरिनेछ । यसको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुका लागि बिक्री गरिनेछ । यस्तै, सामूहिक लगानी कोषलाई ५ प्रतिशत र कर्मचारीलाई ६ प्रतिशत सेयर छुट्ट्याइएको छ ।
बाँकी रहने ९६ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्टाइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण