शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
महानगरको एक्सन

राप्रपाको कार्यालयमा खैलाबैला : बालेनको डोजर रोक्न कार्यकर्ताले सडकमा गाडी तेर्स्याए (फोटोफिचर)

सोमबार, १५ साउन २०८०, ११ : ४९
सोमबार, १५ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय हटाउने तयारी गरेसँगै सो पार्टीमा खैलाबैला मच्चिएको छ । महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय हटाउन लागिएपछि सो पार्टीमा खैलाबैला मच्चिएको हो । 

महानगरपालिकाको टोली सोमबार डोजरसहित पार्टी कार्यालय भत्काउन जाने भएपछि कार्यकर्ताहरुले अवरोध गर्न थालेका छन् । डोजर जाने बाटोमा कार्यकर्ताले गाडी तेर्स्याएर अवरोध सुरु गरेका छन् । यस्तै पार्टी कार्यालय परिसरमा ठूलो सङ्ख्यामा नेता कार्यकर्ताको भीड लागेको छ । 

यस्तै महानगरपालिकाले भने तोकिएको समयमा कार्यालय नहटाइएकाले भत्काउन जाने लागिएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको टोली डोजरसहित कार्यालय जान लागेको बताए । 

यसअघि शुक्रबार राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो । 

शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा माइकिङ गर्न पुगेको थियो । ‘यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’, महानगरको टोलीले माइकिङमा भनेको थियो । 

हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो । तर राप्रपाले  लिखितरुपमा कुनै जानकारी नगराएको र पार्टी कार्यालय भत्काउन महानगरले नपाउने दाबी गरेको छ । 

rpp dozar (1)rpp dozar (2)rpp dozar (3)rpp dozar (4)rpp dozar (5)rpp dozar (6)rpp dozar (7)rpp dozar (8)rpp dozar (9)rpp dozar (10)rpp dozar (11)rpp dozar (12)rpp dozar (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप