राप्रपाको कार्यालयमा खैलाबैला : बालेनको डोजर रोक्न कार्यकर्ताले सडकमा गाडी तेर्स्याए (फोटोफिचर)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय हटाउने तयारी गरेसँगै सो पार्टीमा खैलाबैला मच्चिएको छ । महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय हटाउन लागिएपछि सो पार्टीमा खैलाबैला मच्चिएको हो ।
महानगरपालिकाको टोली सोमबार डोजरसहित पार्टी कार्यालय भत्काउन जाने भएपछि कार्यकर्ताहरुले अवरोध गर्न थालेका छन् । डोजर जाने बाटोमा कार्यकर्ताले गाडी तेर्स्याएर अवरोध सुरु गरेका छन् । यस्तै पार्टी कार्यालय परिसरमा ठूलो सङ्ख्यामा नेता कार्यकर्ताको भीड लागेको छ ।
यस्तै महानगरपालिकाले भने तोकिएको समयमा कार्यालय नहटाइएकाले भत्काउन जाने लागिएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको टोली डोजरसहित कार्यालय जान लागेको बताए ।
यसअघि शुक्रबार राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो ।
शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा माइकिङ गर्न पुगेको थियो । ‘यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’, महानगरको टोलीले माइकिङमा भनेको थियो ।
हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो । तर राप्रपाले लिखितरुपमा कुनै जानकारी नगराएको र पार्टी कार्यालय भत्काउन महानगरले नपाउने दाबी गरेको छ ।
_Dz4nw1DTgK.jpg)
_sFPZjZUQt3.jpg)
_2TWCw5ZaXS.jpg)
_DgqD9MmV4P.jpg)
_OG2dU8rWRs.jpg)
_XcgJjxWM6M.jpg)
_vFDp3nGPR2.jpg)
_0uphvJ0YTX.jpg)
_naRg8itosY.jpg)
_PIuI4woZ4P.jpg)
_tihpZm7sFg.jpg)
_PiwMdCEnxy.jpg)
_bIMoU5D9ut.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण