कैलालीमा दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु
सोमबार, १५ साउन २०८०, १३ : ३७
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।
कपिल कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत थिए । गएराति कठायतले चलाएको सुप प्रदेश–७३२० नम्बरको मोटरसाइकल र सुप प्रदेश–६४१९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएको डिएसपी चन्दले बताए । मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउडा घाइते छन् । उनको उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण