कर्णालीमा विपदबाट एक वर्षमा ७२ जनाको मृत्यु, २५ जना बेपत्ता
सुर्खेत । कर्णालीमा बर्सेनि विपद्बाट नागरिकहरूले ज्यान गुमाउनुका साथै ठूलो आर्थिक क्षति समेत हुने गरेको छ । तर पीडित नागरिकलाई राहत तथा पुर्नःस्थापनाको लागि राज्यको ध्यान पुगेको छैन ।
कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई दिनुपर्ने राहत अहिलेसम्म राज्यबाट दिन नसकिएको बताए । प्रदेशसभाको २८ औँ बैठकमा आर्थिक वर्ष ०७९/०८० मा भएका विपद्को अवस्थाबारे जवाफ दिँदै मन्त्री जिसीले सो वर्षमा दुई हजार २ सय १४ वटा विपद्का घटनाहरू भएको बताए ।
जसबाट ६ हजार २२८ वटा घरहरुमा क्षति भएको छ । यस्तै ७ वटा उद्योग, ७५ विद्यालय, १९५ स्थानमा सडक भत्किएको मन्त्री जिसीले जानकारी दिए । यस्तै विपद्का घटनामा परी ७२ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता र १२४ घाइते भएका थिए ।
सो आर्थिक वर्षमा ६४ करोड ८६ लाख ९६ हजार बराबरको आर्थिक क्षति भएको पनि जिसीले बताए । तर सबै विपद् पीडितलाई राहत उपलब्ध गराउन भने सकिएको छैन । जिसीका अनुसार कर्णालीमा ०७१÷०७२ सालदेखि अहिलेसम्म विपद्बाट भएका घटनामा परेका पीडितहरुलाई राज्यले ३ अर्बभन्दा बढीको क्षतिपूर्ति दिनुपर्ने छ ।
अघिल्लो वर्ष विपद् पीडित परिवारलाई प्रति मृतक २ लाखका दरले ५२ जनालाई मात्र राहत रकम दिइएको छ । अन्य पीडितहरुलाई राहत रकम दिने प्रक्रियामै रहेको उनले बताए । यस्तै कानुन मन्त्रालयले १ करोड ८० लाख रकम तत्काल राहत शीर्षकमा जिल्ला प्रशासन कार्यालयहरुलाई पठाएको थियो ।
जिसीका अनुसार ०७८/०७९ मा विपद्मा परी पीडित भएकाहरुबाट पेस हुन आएका ४१६ वटा क्षतिको राहत उपलब्ध गराउन सकिएको छैन । त्यसका लागि कानुन मन्त्रालयले ८० करोडको मागसहित अर्थ मन्त्रालयमा पत्र पठाइएको भएपनि अहिलेसम्म नआएको उनले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
-
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण