सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै

सोमबार, १५ असार २०८३, ०६ : ०८
सोमबार, १५ असार २०८३

सारांश

  • सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको २१ औँ बैठक आज बस्दैछ।
  • आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले 'विनियोजन विधेयक, २०८३' सभा समक्ष प्रस्तुत गर्नेछन्।
  • राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम विधेयक प्रस्तुत गरिनेछ।

काठमाडौँ। सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको एकाइसौँ अधिवेशनको २१ औँ बैठक आज बस्दैछ। 

सोमबार अपराह्न १२:१५ बजे बस्ने गरी तय भएको उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ।

राष्ट्रिय सभाका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा आजको बैठकमा मुख्य रूपमा व्यवस्थापन कार्य अन्तर्गत विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

san

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप