इलेक्ट्रिक स्कुटरहरु किन्न क्रेडिट कार्ड मार्फत कर्जा सुविधा
बुधबार, १७ साउन २०८०, १३ : ३६
काठमाडौँ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच व्यवसायिक सम्झौता भएको छ । दुई कम्पनीबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत कर्जा सुबिधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
जसअन्तर्गत कुनैपनि ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिनादेखि १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् । यदि कुनै पनि ग्राहकले कर्जाको भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि जनाइएको छ । ।
एफ डि मोर्टर्सले हाल दुई मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य रु. २,६१,९९९ र एफ फाइब एको मूल्य रु. २,९७,९९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण