माओवादी बैठकमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका छन्।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि पेश गरेका हुन् ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आगामी मंसिरमा विधान सम्मेलन गर्ने र पार्टीलाई सुदृढिकरणका लागि तीन महिने अभियान चलाउने उल्लेख छ । 'जनतासँग पार्टी अभियान' अन्तर्गत भदौदेखि कात्तिकसम्म माओवादीले अभियान चलाउने भएको छ ।
बैठकमा छलफलका लागि ५ वटा एजेण्डा प्रस्तुत गरिएको छ । जसमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान सम्मेलनसहितका एजेण्डा छन् । राजनीतिक प्रतिवेदनमा पार्टी सुदृढिकरणका लागि तीन महिने अभियान चलाउने, संगठन सुदृढिकरणका लागि पार्टी सदस्यता बढाउने लगायत रहेका छन् ।
यसैवीच अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले असहमति जनाउँदै बिहीबारको बैठकमा फरक मत राख्ने जनाएका छन् ।
‘भोलि बस्ने बैठकमा फरक मतसहितको छुट्टै प्रतिवेदन पेश गर्दैछु’, न्यौपानेले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण