एर्दोगानले पुटिनलाई भने–युक्रेन युद्ध थप तनावपूर्ण नबनाउनु
इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनबाट खाद्यान्न ढुवानीका लागि महत्त्वपूर्ण मानिने स्थलहरूमा मस्कोले आक्रमण गरेपछि थप तनाव नबढाउन आग्रह गरेका छन् ।
एर्दोगान हालै अन्त्य भएको खाद्यान्न सम्झौतामा एक प्रमुख खेलाडी हुन् । ब्ल्याक सीमा युक्रेनको अनाज ढुवानीको सुरक्षित मार्गको लागि अनुमति दिएको सम्झौतामा एर्दोगानको मध्यस्थता रहेको थियो ।
टर्कीका शक्तिशाली नेताले रुस–युक्रेन युद्धमा तनाव बढाउने कुनै पनि कदम चाल्न नहुने बताएका छन् ।
उनले ‘शान्तिका लागि सेतु’ भएको खाद्यान्न सम्झौताको महत्वमाथि जोड दिएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
टर्की र संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको उक्त सम्झौताले युक्रेनलाई आफ्नो ‘ब्ल्याक सी’ बन्दरगाहबाट खाद्यान्न निर्यात गर्न अनुमति दिएको थियो ।
रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा बन्दरगाहको पूर्वाधारमा आक्रमण गरेको र ‘ब्ल्याक सी’ मार्फत ढुवानी गर्न अनुमति दिने सम्झौताको अन्त्यपछि अनाज निर्यात गर्न प्रयोग गरिने सुविधाहरूलाई लक्षित गरेको युक्रेनले जनाएको छ ।
आक्रमणका कारण खाद्यान्न ढुवानी गर्न बनेका संरचना र सवारी साधनमा समेत क्षति पुगेको र गोदाममा क्षति पुगेको अभियोजनकर्ताले बताएका छन् ।
एर्दोगानले खाद्यान्न सम्झौताको दीर्घकालीन निष्क्रियताले ‘कसैलाई फाइदा नहुने’ र आवश्यक परेका देशहरूले यसको फल भोग्नुपर्ने पुटिनसँग बताएका छन् ।
एर्दोगानले सम्झौता लागू हुँदा २३ प्रतिशतले घटेको खाद्यान्नको मूल्य पछिल्लो दुई हप्तामा १५ प्रतिशतले बढेको पनि बताए ।
टर्कीले सम्झौतालाई पुनः स्थापित गर्न ‘गहन प्रयास’ र कूटनीतिका साथ अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण