जुम्लाको काँचो स्याउ रोक्न सिफारिस अनिवार्य
जुम्ला । यो याममा जुम्लाको काँचो स्याउ बजारमा गएपछि जिल्लाका सरोकारवाला निकायले रोकथाममा चासो देखाएका छन् । आज बसेको स्थानीय तहका प्रमुख, स्याउ किसान, स्थानीय व्यापारी, विषयगत कार्यालयका प्रमुखलगायतको सर्वदलीय बैठकले स्याउ परिपक्व भएपछि मात्रै बजारमा लैजाने निर्णय गरेको छ ।
व्यापारीले स्याउ खरिद गर्दा कृषि विकास कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आर्चायले जानकारी दिए । जिल्लाका केही स्थानीय तहको काँचो स्याउ साउनको पहिलो सातामै सुर्खेतमा पुगेपछि जिल्लाको स्याउको गुणस्तरीयतामा प्रश्न उठेको थियो ।
स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न यहाँका आठवटै स्थानीय तहलाई निर्देशन दिएको जिसस प्रमुख आर्चायको भनाइ छ । उनका अनुसार काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिस बिनै निर्यात गर्न नपाइने निर्णय भएको छ ।
जिल्लाको काँचो स्याउ धमाधम बिक्री भएपछि स्थानीयवासीले सामाजिक सञ्जालमा व्यापक विरोध पनि गरेका छन् । तिला गाउँपालिकाको वडा नम्बर १ को काँचो स्याउ स्थानीय व्यापारीले खरिद गर्न लागेको स्याउ रोक्न लगाएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।
पूर्णरुपमा पाकेको, परिक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्राविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए ।
काँचो स्याउलाई बजारमा जान नदिन सार्वजनिक सूचनासमेत जारी गरिने भएको छ । काँचो स्याउ बजारमा ल्याउने व्यापारीलाई कानुनअनुसार कार्वाही गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । जिल्लामा अहिले करिब चार हजार दुई सय ५० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
-
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण