सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कर्णालीको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द, कृषि मन्त्री सिंहदरबार धाउँदै

बिहीबार, १८ साउन २०८०, १३ : ४९
बिहीबार, १८ साउन २०८०

सुर्खेत । सङ्घ सरकार मातहत रहेको कर्णालीको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द गएको छ । 

१५ साउनमा एक सूचना जारी गर्दै सेवा प्रवाह बन्द गरिएको जानकारी गराइएको थियो ।  पशुहरूमा लम्पी स्किन रोगको महामारी चलिरहेकै बेला प्रयोगशाला बन्द भएपछि कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले सिंहदरबार पुगेर पहल थालेका छन् । 

उनले सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई भेटेर प्रयोगशाला सञ्चालन गर्न आग्रह गरेका हुन् । लम्पी स्किन रोग कर्णालीमा नियन्त्रण भन्दा बाहिर जान थालेको समयमा प्रयोगशाला बन्द हुनुमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै शर्माले भुसालसँग प्रयोगशाला सञ्चालनका लागि बजेट व्यवस्थापन गरिनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप