मोरक्को पहिलो सहभागितामै नकआउट चरणमा
बिहीबार, १८ साउन २०८०, १८ : ०२
काठमाडौँ । पहिलो सहभागितामै मोरक्को महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘एच’ अन्तर्गतको बिहीबार खेलिएको महत्वपूणर् खेलमा कोलम्बियालाई १- ० गोलले हराउँदै मोरक्को प्रिक्वार्टरफाइनलमा पुगेको हो ।
मोरक्कोले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेको थियो । मोरक्कोका लागि अनिसा लहमारीले गोल गरिन् । मोरक्को आफ्नो समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो । मोरक्कोले तीन खेलबाट ६ अंक बटुल्यो ।
मोरक्कोसँग पराजित भए पनि कोलम्बिया नकआउट चरणमा पुग्न सफल भयो । कोलम्बिया तीन खेलबाट ६ अंक जोड्दै समूह विजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो ।
तीन खेलबाट चार अंक जोडेको जर्मनी र एक अंक बटुलेको दक्षिण कोरिया भने समूहगत चरणबाट घर फर्किए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण