घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला
आइतबार, २१ साउन २०८०, १४ : १२
सल्यान । सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शारदा नगरपालिका -१४ माल्नेटाकाे कालिमा प्रावि नजिकै स्थानीय अन्दाजी ४७ वर्षकी उर्मिला गिरीको शव फेला परेको हो ।
उनी आइतबार बिहान घर नजिकैको बारीमा घाँस काट्न गएकी थिइन् । १० बजेसम्म पनि घर नफर्केपछि श्रीमान् खड्गबहादुर गिरी खोज्दै जाँदा बारीको डिलमा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानले घटनालाई हेर्दा महिलाको हत्या गरेको जस्तै देखिएको बताएको छ । यद्यपि घटनाबारे अनुसन्धान हुन भने बाँकी छ । घटनास्थल चारैतिरबाट सुरक्षित गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
-
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण