वैदेशिक रोजगारीका लागि युरोपेली देशमा नेपालीको आकर्षण
काठमाडौँ । नेपालीहरूले वैदेशिक रोजगारीका लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन् । खाडी मुलुक केन्द्रित हुँदै आएको पछिल्ला वर्षहरूमा भने युरोपतिर ध्यान जान थालेको देखिन्छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा खाडी मुलुकसँग युरोपका विभिन्न मुलुकमा समेत नेपाली श्रमिकहरूको संख्या बढ्दो क्रममा छ ।
आर्थिक वर्ष २०७९÷०८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा लगायतका देशमा जाने नेपालीहरूको संख्या बढेको देखिन्छ ।
विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा युरोपेली देशमध्ये सबैभन्दा बढी रोमानिया पुगेका छन् । जहाँ १ हजार ७७३ जना महिलासहित १४ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा रोमानियाका लागि ७ हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै क्रोएसियाका लागि ७ हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ३३४ जनाले श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै साइप्रस जानका लागि गत आर्थिक वर्षमा ५ हजार ३१७ जनाले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार १८१ जना नेपाली साइप्रसका लागि श्रम स्वीकृति लिएका थिए । साइप्रसका लागि ४ हजार ३४६ महिलाले श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै पोल्याण्डमा समेत ५ हजार ११२ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । जबकि अघिल्लो वर्ष पोल्याण्डका लागि १ हजार ८५५ जनाले मात्र श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै माल्टाका लागि समेत ६ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार ९१५ जनाले माल्टाका लागि श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै बेलायतका लागि २ हजार २६४ जना, सर्बिया ९६२ जनाले श्रम स्वीकृति लिएका छन् । पोर्चुगल पनि नेपाली श्रमिकको रोजाइमा पर्दै आएको छ । गत आर्थिक वर्षमा ६४ जना महिलासहित ७३२ जनाले श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो आर्थिक वर्षमा भने जम्मा ७९ जनाले पोर्चुगलका लागि श्रम स्वीकृति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण