सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

र्‍याम्पमा प्लास्टिकका आकर्षक फेसन प्रदर्शन (फोटो फिचर)

सोमबार, २२ साउन २०८०, १० : ५७
सोमबार, २२ साउन २०८०

काठमाडौँ । मनसुनको समयलाई मध्यनजर गर्दै राजधानीमा प्लास्टिकबाट निर्माण भएका पहिरनको फेसन शो आयोजना गरिएको छ ।  २० मोडलहरूले प्लास्टिकका मनमोहक पहिरन र्‍याम्पमा प्रस्तुत गर्दा दर्शक आकर्षित बनेका थिए । रेनकोट, विजवेयर र गाउन गरेर तीन सिक्वेसनमा मोडलले बिभिन्न आकर्षक फेसन प्रदर्शन गरेका थिए ।

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मनसुन फेसन परेड’ नाम दिएर फेसन शो गरेको हो । कुलेस्वरस्थित भिजननोभा मल्टिप्रपोजको हलमा आयोजना भएको फेसन शोमा ‘मिस ग्ल्याम वर्ल्ड’को फष्टरनर अप आयुसा प्याकुरेल र ‘मिस वल्र्ड टुरिजम’ सजिना खनाल शो पटरका रुपमा रहेका थिए ।

शोमा नेपालको स्थापित फेसन इन्स्टिच्युट सिआइएफटीको प्रोफेसनल डिजाइनरहरूले तयार पारेका आकर्षक डिजाइन सहभागी थियो । करिब ६ घण्टासम्म चलेको शोमा गाउन सिक्वेलमा उत्कृष्ट ड्रेसको प्रतिस्पर्धा समेत राखिएको थियो । उक्त प्रतिस्पर्धामा डिजाइनर अनिता स्त्री उत्कृष्ट डिजाइनर भएकी छन् ।

रोमिक खड्गीको कोरियोग्राफी रहेको फेसन शोको आयोजना तथा म्योनेजमेन्ट इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका धिरज तण्डुकारको रहेको थियो ।

‘फेसन शोको उदेश्य नेपाली फेसन प्रेमीहरूलाई नयाँ र आकर्षक पहिरनको जानकारी गराउने रहेको तण्डुकारले बताए ।

शोमा चर्चित गायक कमल खत्री, बिनोद ढकाल, नरेश सिंह, वैबा उर्गेन लगायतको सांगीतिक प्रस्तुति रहेको शोमा डिजे रे र डिजे पपाजले डिजे सेसन मार्फत सबैलाई नचाएका थिए भने शोको संचालन सेसेमी लिम्बुले गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप