र्याम्पमा प्लास्टिकका आकर्षक फेसन प्रदर्शन (फोटो फिचर)
काठमाडौँ । मनसुनको समयलाई मध्यनजर गर्दै राजधानीमा प्लास्टिकबाट निर्माण भएका पहिरनको फेसन शो आयोजना गरिएको छ । २० मोडलहरूले प्लास्टिकका मनमोहक पहिरन र्याम्पमा प्रस्तुत गर्दा दर्शक आकर्षित बनेका थिए । रेनकोट, विजवेयर र गाउन गरेर तीन सिक्वेसनमा मोडलले बिभिन्न आकर्षक फेसन प्रदर्शन गरेका थिए ।
इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मनसुन फेसन परेड’ नाम दिएर फेसन शो गरेको हो । कुलेस्वरस्थित भिजननोभा मल्टिप्रपोजको हलमा आयोजना भएको फेसन शोमा ‘मिस ग्ल्याम वर्ल्ड’को फष्टरनर अप आयुसा प्याकुरेल र ‘मिस वल्र्ड टुरिजम’ सजिना खनाल शो पटरका रुपमा रहेका थिए ।
शोमा नेपालको स्थापित फेसन इन्स्टिच्युट सिआइएफटीको प्रोफेसनल डिजाइनरहरूले तयार पारेका आकर्षक डिजाइन सहभागी थियो । करिब ६ घण्टासम्म चलेको शोमा गाउन सिक्वेलमा उत्कृष्ट ड्रेसको प्रतिस्पर्धा समेत राखिएको थियो । उक्त प्रतिस्पर्धामा डिजाइनर अनिता स्त्री उत्कृष्ट डिजाइनर भएकी छन् ।
रोमिक खड्गीको कोरियोग्राफी रहेको फेसन शोको आयोजना तथा म्योनेजमेन्ट इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका धिरज तण्डुकारको रहेको थियो ।
‘फेसन शोको उदेश्य नेपाली फेसन प्रेमीहरूलाई नयाँ र आकर्षक पहिरनको जानकारी गराउने रहेको तण्डुकारले बताए ।
शोमा चर्चित गायक कमल खत्री, बिनोद ढकाल, नरेश सिंह, वैबा उर्गेन लगायतको सांगीतिक प्रस्तुति रहेको शोमा डिजे रे र डिजे पपाजले डिजे सेसन मार्फत सबैलाई नचाएका थिए भने शोको संचालन सेसेमी लिम्बुले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण