बच्चाले भनेको मान्दैनन् ? अपनाउनुहोस् यी ५ तरिका
बच्चाको लालन पालन गर्नु हरेक आमाबुवाको जिम्मेवारी हो । उनीहरूलाई राम्रो बानी सिकाउनेदेखि लिएर जीवनमा अनुशासनको महत्त्व बुझाउन पनि त्यत्तिकै जरुरी छ । बालबालिका सानै उमेरमा अनुशासनमा बस्न सिक्छन् भने उनीहरुले हुर्कँदै गर्दा कम समस्याको सामना गर्नुपर्ने हुन्छ । तर बच्चालाई अनुशासनमा राख्ने कसरी ? धेरै आमाबुवाको एउटै गुनासो हुन्छ – बच्चाले भनेकै मान्दैनन्, टेर्दैनन् । यस्तोमा हामी तपाईंलाई यस्ता ६ टिप्सबारे जानकारी दिँदै छौँ जसले तपाईंलाई सहयोग गर्न सक्छ ।
बच्चाले भनेको मान्दैन भने यी ६ टिप्स अपनाउनुहोस्
भेरिवेल फेमिलीका अनुसार यदि तपाईंको बच्चाले तपाईंले भनेको मानिरहेको छैन भने बच्चाले कतै तपाईंले भनेको कुरा नै बुझिरहेको छैन कि भनेर हेर्नुहोस् । त्यसैले तपाईंले बच्चालाई कम शब्दमा के गर्ने भनेर बुझाउनुहोस् । यसरी उनीहरूको कन्सेप्ट क्लियर हुन्छ ।
जवाफ माग्नुहोस्
बच्चालाई केही काम अह्राउँदा उनीहरूलाई ‘ओके’ भन्न लगाउनुहोस् । तपाईंले बच्चालाई निर्देशन मात्रै दिइरहनु हुन्छ भने उसले तपाईंको कुरा सुनेको नसुन्या गर्छ । त्यसैले केही काम अह्राएपछि उनीहरूलाई ‘हुन्छ’ कि ‘हुँदैन’ भनेर सोध्नुहोस् ।
चेतावनी जरुरी
बच्चाले तपाईंको कुरालाई बेवास्ता गरिरहेको छ भने उनलाई एक पटक चेतावनी पनि दिनुपर्छ । यस्तो गर्दा उनीहरुले आफ्नो गल्ती सुधार्ने मौका पाउनेछन् र दोहोराएर गर्ने छैनन् ।
सोच्ने मौका दिनुहोस्
बच्चाले तपाईंले भनेको कुरा बारम्बार मानिरहेको छैन भने उसलाई एक पटक सोच्ने मौका दिनुहोस् । उदाहरणका लागि यदि बच्चाले कपडा छरेर राख्छ भने तपाईंले उसलाई ‘तिमीले आफ्नो लुगा त एक ठाउँमा राख्न सक्दैनौ भने टिभी वा मोबाइल हेर्न कसरी दिऊँ ?’ भनेर सोच्न लगाउन सक्नुहुन्छ ।
जस्तालाई त्यस्तै
बच्चाले तपाईंको कुरा मानिरहेको छैन भने उसलाई ‘यसो गर्यौ भने म पनि तिम्रो कुरा मान्दिनँ ’ भन्नुहोस् । बच्चाको कुरा आमाबुवाले नमानेपछि उनीहरुले तपाईंले भनेको कुरा मान्न थाल्नेछन् ।
आरोप नलगाउनुहोस्
बच्चालाई आरोप लगाउनुको साटो उनीहरूलाई कुरा गर्नका लागि वा सकारात्मक चर्चाका लागि प्रोत्साहित गर्नुहोस् । राम्रो वातावरणमा उनीहरूलाई ‘तिमीलाई भनेको कुरा मान्न किन समस्या भइरहेको छ ?’ भनेर सोध्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण