बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
देखभाल

आर्या वेलनेस स्पा : जहाँ दिइन्छ आयुर्वेदिक सहित १२ प्रकारका मसाज सेवा र तालिम (भिडियो)

सोमबार, २२ साउन २०८०

काठमाडौँ । दैनिक जीवनको दौडधुप, थकान र तनावलाई कम गराई मानसिक शान्ति लिन नचाहने को होलान् र ? शारीरिक तथा मानसिक रूपमा स्फूर्ति, पुर्नताजगी, तनावबाट मुक्तिका लागि स्पा विलासिता मात्र नभई दैनिक आवश्यकताको विषय भइसकेको छ । पछिल्लो समय स्पा प्रयोगकर्ता बढेका छन् भने गुणस्तरीय सेवा दिने स्पा सेन्टरहरू पनि खुलिरहेका छन् । 

बिना मापदण्ड सञ्चालन भएका, गुणस्तरहीन सेवा लगायतका कारण बजारमा स्पालाई लिएर नकारात्मक दृष्टिकोणले हेर्ने गरे पनि काठमाडौँमा उच्च गुणस्तीय सेवा सहितका स्पा सञ्चालनमा छन् । काठमाडौँमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको स्पा मध्येको एक हो आर्या वेलनेस स्पा । 

photo_2023-08-07_14-11-34 (2)

खुर्सानी टावर बालुवाटारमा रहेको आर्या वेलनेस महिला मैत्री स्पा हो । परिवार मैत्री डे स्पा र युनिसेक्स सैलुन सेवा केन्द्रको रूपमा आर्या वेलनेसले आफ्नो परिचय बनाएको छ । 

photo_2023-08-07_14-11-34

विगत लामो समयदेखि आर्या वेलनेसले थुप्रै खालमा सेवाहरू प्रदान गर्दै आइरहेको छ । स्पामा १२ प्रकारका मसाजहरू दिने गरिएको दीपज्योति थापाले जानकारी दिइन । १२ वटा मसाजमध्ये सर्वाधिक रुचाइने मसाजमा आयुर्वेदिक मसाज रहेको छ । 

आयुर्वेदिक मसाज गर्दा विभिन्न प्रकारका तेलहरूको प्रयोग गरेर शिरदेखि पाउसम्मको मसाज गरिन्छ जसले गर्दा शारीरिक र मानसिक आनन्द हुने थापाको भनाई छ । 

photo_2023-08-07_14-11-32 (3)

उनले भनिन्–‘यो मसाजले शरीरलाई आराम दिन्छ, थकान हटाउँछ र साथसाथै रगत प्रवाह राम्ररी गराउँछ । यो सँगसँगै इनर्जी हिलिङ र योगाको ट्रेनिङहरू पनि दिने गरेको उनको भनाइ छ । आर्या वेलनेसले जति सेवाहरू प्रदान गर्छ त्यो सबैको ट्रेनिङहरू पनि आर्या वेलनेसले नै दिने गरेको छ ।’ 

photo_2023-08-07_14-11-32

आर्या वेलनेस नै किन त ? थापा भन्छिन–‘सफा र शान्त वातावरण, स्टाफहरूको राम्रो व्यवहार, हरेक सेवा सुविधाहरू किफायती मूल्यमा पाउन सकिन्छ, त्यसैले आर्या वेलनेसलाई मानिसहरूले रुचाउनु हुन्छ र यहाँको सेवा लिन आउनु हुन्छ’ । 

photo_2023-08-07_14-11-37

आर्या वेलनेस स्पामा थेरापिष्ट र ब्युटिसियनहरु करिब ८ देखि १० वर्षको अनुभव भएको र प्रशिक्षित रहेका छन् । बजारमा स्पालाई लिएर नकारात्मक दृष्टिकोणले हेर्ने गरे पनि त्यसमा यथार्थता नभएको उनी बताउँछिन् । खास स्पा कस्तो हुन्छ त्यसको अनुभव लिन आर्या वेलनेस एकपटक भ्रमण गर्न उनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया