किसानले मल र बीउ पाएनन्, सरकारले गम्भीरता देखाओस् : प्रचण्ड
सारांश
- पुष्पकमल दाहाल 'प्रचण्ड'ले रोपाइँको मुख्य समयमा किसानले मल, बीउबिजन, सिँचाइ र कृषि सामग्री पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
- उनले कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड भएको र किसानको मेहनतले खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने बताए।
- प्रचण्डले किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकारले गम्भीरता देखाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्दै उनले श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव भएको बताएका हुन् ।
तर, रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन नसकेको भन्दै संयोजक प्रचण्डले असन्तुष्टि व्यक्त गरे। उनले किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
प्रचण्डले यो विशेष दिवसले कृषि र किसानप्रतिको सम्मान एवं उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाउने विश्वास व्यक्त गरे। उनले देशका सम्पूर्ण कृषकहरूमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना समेत व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयू र चीनबिचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल
-
विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण