स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण मिति तय
सारांश
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त उपकुलपति पदका लागि अन्तर्वार्ता र प्रस्तुतीकरणको मिति तय गरेको छ।
- छनोट तथा सिफारिस समितिले उम्मेदवारहरूको वर्णानुक्रम अनुसारको सूची सार्वजनिक गरेको छ।
- असार १६ र १७ गते स्वास्थ्य मन्त्रालयमा अन्तर्वार्ता र प्रस्तुतीकरण हुनेछ।
काठमाडौँ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सम्बन्धी मिति तय गरिएको छ।
मन्त्रालयद्वारा गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी आइतबार उम्मेदवारहरूको वर्णानुक्रम अनुसारको सूची सार्वजनिक गरेको हो।
एकीकृत कार्यविधि २०८३ अनुसार छनोट भएका उम्मेदवारहरूलाई कार्यविधिमा तोकिएका कागजातहरूको सक्कल प्रति सहित असार १६ र १७ गते हुने अन्तर्वार्ताका लागि उपस्थित हुन मन्त्रालयले सूचना गरेको छ।
सार्वजनिक गरिएको सूची अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको असार १६ गते र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि १७ गते अन्तर्वार्ता र प्रस्तुतीकरण हुनेछ ।
अन्तर्वार्ता र प्रस्तुतीकरण स्वास्थ्य मन्त्रालयमा हुनेछ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण