बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले बगाएर धनुषामा एक जनाको मृत्यु

मङ्गलबार, २३ साउन २०८०, १६ : १३
मङ्गलबार, २३ साउन २०८०

जनकपुरधाम । धनुषामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । 
जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने अजय कुमार यादवको मृत्यु भएको हो । 

गाउँ नजिकै रहेको बसही खोलाले बगाउँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिओअक कार्कीले जानकारी दिए ।

मंगलवार विहान शौच गर्न गएका उनलाई खुट्टा चिप्लिएर बाढीले बगाएको प्रहरीले जनाएको छ । 
स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्धार गरेर अस्पतालमा पुर्‍याएपनि उपचारको क्रममा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप