बाढीले बगाएर धनुषामा एक जनाको मृत्यु
मङ्गलबार, २३ साउन २०८०, १६ : १३
जनकपुरधाम । धनुषामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने अजय कुमार यादवको मृत्यु भएको हो ।
गाउँ नजिकै रहेको बसही खोलाले बगाउँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिओअक कार्कीले जानकारी दिए ।
मंगलवार विहान शौच गर्न गएका उनलाई खुट्टा चिप्लिएर बाढीले बगाएको प्रहरीले जनाएको छ ।
स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्धार गरेर अस्पतालमा पुर्याएपनि उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण