भारतमा बसको ठक्करबाट बैतडीका युवकको मृत्यु
बुधबार, २४ साउन २०८०, २० : ०३
बैतडी । रोजगारीको सिलसिलामा रहेका बैतडीका एक युवकको भारतमा बसको ठक्करबाट मृत्यु भएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिका–२ मल्लाछेपट्टाका २७ वर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको हो । रोजगारीका लागि एक वर्ष अघि राजस्थान पुगेका पुष्करको बसको ठक्करबाट मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका पुष्करको उपचारका क्रममा मृत्यु भएको उनका आफन्त महेश बोहराले बताए । मृतक पुष्करको घरमा श्रीमती र एक छोरी रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण