शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले माग सम्बोधन नगरे निर्माण व्यवसायीले तेस्रो चरणको आन्दोलन थाल्ने

शुक्रबार, २६ साउन २०८०, १० : ३९
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ ।  निर्माण व्यवसायीहरूले निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । 

शुक्रवार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन  संसद् भवन अगाडि विरोध प्रदर्शन गर्दै उनीहरुले निर्माण व्यवसायीहरूका माग सरकारले सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विरोध कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले अहिलेसम्म निर्माण व्यवसायीहरूका माग सम्बोधन नगरेको भन्दै अब तेस्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिए । उनले व्यवसायीहरूको सही प्रश्न उठाएका छन् भन्ने जानकारी हुँदासमेत सरकार बेखबर भएको बताए ।

सरकारले विकास निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई धराशायी बनाउने काम गरेको आरोप उनले लगाए । उनले सरकारले समयमा नै निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नसक्ने हो भने जनतालाई आवश्यक विकास निर्माणका काम मात्रै सुरु गर्नुपर्ने बताए । अध्यक्ष सिंहले राजनीतिक पार्टीका कार्यकर्तालाई पोस्ने गरेर सरकारले बनाएको उपभोक्ता समिति खारेज गर्नुपर्ने माग गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप