शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

शुक्रबार, २६ साउन २०८०, ११ : २४
शुक्रबार, २६ साउन २०८०

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बन्द हुँदै छ । कम्पनीले साउन २३ गतेदेखि प्रिमियम मूल्यमा १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । तोकिएको समय सीमा साउन २६ गते आज सकिँदैछ ।

बिहीबारसम्म कम्पनीको आईपीओका लागि १० लाख ८२ हजार ३७९ जनाले १ करोड ३० लाख ५९ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरेभन्दा १.३६ गुणा बढीको आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । कम्पनीले कूल ४ अर्ब रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख रुपैयाँ बराबरको प्रिमियम मूल्यमा आईपीओ बिक्रीमा ल्याएको हो । 

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ भने बाँकी रहेको सेयरबाट ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसारधणका लागि बिक्री खुल्ला गरिएको हो । लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्मका लागि आज बेलुका ५ बजेसम्म आवेदन दिन सक्छन् । 

कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप