रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बन्द हुँदै छ । कम्पनीले साउन २३ गतेदेखि प्रिमियम मूल्यमा १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । तोकिएको समय सीमा साउन २६ गते आज सकिँदैछ ।
बिहीबारसम्म कम्पनीको आईपीओका लागि १० लाख ८२ हजार ३७९ जनाले १ करोड ३० लाख ५९ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरेभन्दा १.३६ गुणा बढीको आवेदन हो ।
कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । कम्पनीले कूल ४ अर्ब रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख रुपैयाँ बराबरको प्रिमियम मूल्यमा आईपीओ बिक्रीमा ल्याएको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ भने बाँकी रहेको सेयरबाट ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसारधणका लागि बिक्री खुल्ला गरिएको हो । लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्मका लागि आज बेलुका ५ बजेसम्म आवेदन दिन सक्छन् ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण