जसपा गौर घटनाका दोषीलाई बचाउने खेलमा लाग्यो : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जसपा गौर हत्याकाण्डका दोषीलाई बचाउने खेलमा लागेको आरोप लगाएका छन् । गौर घटनाको विषयमा जसपाले आयोजना गरेको पत्रकार सम्मेलन पछि अध्यक्ष साहले एक प्रेस नोट सार्वजनिक गर्दै सो प्रतिक्रिया दिएका हुन् ।
साहले गौर हत्याकाण्डको छानबिनलाई प्रभावित पार्न जसपाले फेरि नयाँ खेल शुरू गरेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिले वर्षौदेखि ओझेलमा रहेको गौर हत्याकाण्डको छानबिन सुनिश्चित भएको र त्यसलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले विभिन्न बाहना, जालझेल एवं षड्यन्त्रपूर्ण धम्की दिएको उल्लेख छ ।
घटनालगतै पुनरावेदनका बहालवाला न्यायाधीशको नेतृत्वमा बनेको उच्चस्तरीय आयोग र मानवधिकार आयोगको दिएको प्रतिवेदनलाई अस्वीकार गरेर संसदीय छानबिन समिति गठनको माग गर्ने जसपाको जनता झुक्याउने खेल भएको आरोप साहले लगाएका छन् ।
उनले २१ औ शताब्दीको कानुनी शासनको युगमा जंगलराजको मागलाई कुनै पनि हिसाबले सही मान्न नसकिने र सरकारले दण्डहिनताको अन्त्य गर्न गौर हत्याकाण्डको छानबिन गर्नैपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण