हनुमानढोका दरबार परिसरमा यी ९ कार्य गर्न महानगरले रोक लगायो

काठमाडौँ। महानगरपालिकाले हनुमानढोका दरबार परिसरमा विभिन्न ९ वटा कार्य गर्न रोक लगाएको छ । महानगरपालिकाकाअनुसार दरबार क्षेत्र भित्रको खुला ठाउँमा धुम्रपान, मध्यपान गर्न रोक लगाइएको छ ।
सो क्षेत्रमा पर्यटकलाई असहज किसिमले सामानहरू बिक्री गर्न र भिख माग्ने कार्य गर्न पाइने छैन । यस्तै चिया तथा मकै बेच्न रोक लगाइएको छ भने रातको समयमा दरवार परिसरमा सुत्न र बास बस्न पनि रोक लगाइएको छ ।
यस्तै खेलकुद जन्य कुनै पनि गतिविधि गर्न, पोष्टर टाँस्न र कुनै पनि विज्ञापन गर्नसमेत महानगरले रोक लगाएको छ।
यसैगरी चलचित्र छाँयाङ्कन, नाचगान जन्य गतिविधि एवं अन्य कुनै पनि भिडियो खिच्ने कार्यहरु सम्बन्धित निकायको अनुमति बिना गर्न तथा गराउन रोक लगाइएको छ ।
यस्तै प्राचिन स्मारक तथा धार्मिक आस्थामा आँच आउने कुनै पनि कार्यहरु गर्न नपाइने गरी महानगरपालिकाले रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता