मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अवरुद्ध संसद खुलाउन अब कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह

शनिबार, २७ साउन २०८०, १३ : २१
शनिबार, २७ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनुपर्ने बताएका छन् । संसद् अवरोध गर्नु उचित नभएको भन्दै ठुलो दलको हैसियतमा कांग्रेसले अवरुद्ध संसद् खुलाउन पहलकदमी लिनुपर्ने बताएका हुन् । 

कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको  कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालेले सबैभन्दा बढी त्याग गर्नुपर्ने बताएका छन् । ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गरिरहेको छ, यो संसद् अवरुद्ध भइरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसद्को अवरोध हटाउन पहल गर्नुपर्छ,’ सिंहले भने । 

विगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै विषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताएका छन् ।  १०० केजी सुन प्रकरण भन्सारबाट निकाले पछि राजश्व अनुसन्धान विभागले समाएको थियो । साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौँ केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । जसका कारण संसद् सुचारु हुन नसकिरहेको बेला कांग्रेस नेता सिंहको सो भनाई बाहिर आएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप