सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

साउन अन्तिम सोमबारका दिन राजधानीका ८ स्थानमा वृज सिमेन्टको सेवा

सोमबार, २९ साउन २०८०, १५ : ५७
सोमबार, २९ साउन २०८०

काठमाडौँ । वृज सिमेन्ट इण्डष्ट्रिजले श्रावणको अन्तिम सोमबारका दिन सुन्दरीजलदेखि पशुपतिनाथसम्मका विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई लक्षित गरेर स्वास्थ्य शिविरसहितका सेवा प्रदान गरेको छ । 
सो अवसरमा स्वास्थ्य शिविरका साथै खानेपानी, फलफूल जुसलगायतका सेवा पनि प्रदान गरिएको थियो । 

लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । बिभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई ११५ जना बिभिन्न स्वयंमसेवकहरुद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको जनाइएको छ । 

यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परीक्षण समेत गरिएको कम्पनीले जनाएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परिक्षण गरिएको थियो । 
उक्त स्वास्थ्य शिविरका अनुसार करीब १५०० भक्तजनहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।
 श्रावणको सोमबार देशभर महादेवको बिभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ । 
वृज सिमेन्टको यो कार्य आफनो कम्पनीको वार्षिक कार्यक्रम अन्र्तगत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप