नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितको उजुरी
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा ठगी गरेको भन्दै थप १८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् । काठमाडौँमा सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा अमेरिका लैजाने बहानामा ठगी गरेको भन्दै लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ लगायतका जिल्लाहरुका १८ जना पीडितहरुले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका हुन् ।
उजुरीमा करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको दाबी गरिएको छ भने ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी परेको छ ।
उक्त सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।
यो प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायत अहिले पुर्पक्षमा रहेका छन् । उनीहरुले यसअघि नै दजैनौँ पीडितको उजुरीको आधारमा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण