गैरकानुनी कार्य गर्ने मेनपावरमाथि आक्रामक बन्दै विभाग
काठमाडौँ । इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने २ मेनपावर व्यवसायीलाई कारबाही गरिएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम इजाजत पत्र नलिई सञ्चालनमा रहेका दुई मेनपावर व्यवसायीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।
स्वीकृतिविना सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विज्ञापन गरी राहदानी संकलन गरेको पाइएपछि क्यापिटल रिक्युटमेन्ट सर्भिसेज र इगल मेनपावर कन्सलटेन्टलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।
त्यस्तै सामाजिक सञ्जालमा विज्ञापन गर्दै सर्वसाधारणमा भ्रम सिर्जना गर्ने ललितपुरका दुईवटा सुयान एजुकेशन प्राली र एलाईट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरमा विभागले अनुगमन गरेको छ । स्थलगत अनुगमन गरी आवश्यक कागजात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा जान इच्छुकहरूले सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न विभागले अनुरोध गरेको छ । कानुन विपरीत हुनेगरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न समेत सबैमा अनुरोध गरेको छ ।
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणमा विभाग आक्रामक बन्दै गएको छ । केही दिन अगाडि पीडितलाई क्षतिपूर्ति नदिने दुई मेन पावरको इजाजत पत्र नै रद्ध गरेको थियो । विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीमा हुने ठगी कम गर्न विभाग कानुन अनुसार अगाडि बढिरहेको बताए ।
कानूनले दिएको अधिकारको प्रयोग नगर्दा समेत समस्या भइरहेको भन्दै विभाग ठगी नियन्त्रणमा निर्मम हुनैपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण