शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
बेथिति

गैरकानुनी कार्य गर्ने मेनपावरमाथि आक्रामक बन्दै विभाग

बुधबार, ३१ साउन २०८०, १५ : ५८
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने २ मेनपावर व्यवसायीलाई कारबाही गरिएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम इजाजत पत्र नलिई सञ्चालनमा रहेका दुई मेनपावर व्यवसायीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

स्वीकृतिविना सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विज्ञापन गरी राहदानी संकलन गरेको पाइएपछि क्यापिटल रिक्युटमेन्ट सर्भिसेज र इगल मेनपावर कन्सलटेन्टलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो । 

त्यस्तै सामाजिक सञ्जालमा विज्ञापन गर्दै सर्वसाधारणमा भ्रम सिर्जना गर्ने ललितपुरका दुईवटा सुयान एजुकेशन प्राली र एलाईट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरमा विभागले अनुगमन गरेको छ । स्थलगत अनुगमन गरी आवश्यक कागजात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विभागले जनाएको छ । 

वैदेशिक रोजगारीमा जान इच्छुकहरूले सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न विभागले अनुरोध गरेको छ । कानुन विपरीत हुनेगरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न समेत सबैमा अनुरोध गरेको छ । 

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणमा विभाग आक्रामक बन्दै गएको छ । केही दिन अगाडि पीडितलाई क्षतिपूर्ति नदिने दुई मेन पावरको इजाजत पत्र नै रद्ध गरेको थियो । विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीमा हुने ठगी कम गर्न विभाग कानुन अनुसार अगाडि बढिरहेको बताए । 

कानूनले दिएको अधिकारको प्रयोग नगर्दा समेत समस्या भइरहेको भन्दै विभाग ठगी नियन्त्रणमा निर्मम हुनैपर्ने बताए ।

baideshik

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप