मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : प्रकाशमान सिंह

शनिबार, ०२ भदौ २०८०, १२ : १९
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिवार काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताए ।  सिंहले पार्टीलाई विधिअनुसार चलाउन अघि बढ्नुपर्ने समेत बताए ।

‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु त छन् । तिनीहरुले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन्’ उनले भने, ‘कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कांग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ ? भन्ने कुरामा प्रश्न शुरु हुन्छ । त्यसैले हामीले गर्ने के हो भने पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्छ ।’

नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए । 

सिंहले भने, ‘अब त जमाना कस्तो भइसक्यो भने कांग्रेसको संगठनमा कांग्रेस भएर मात्रै पनि पुग्दैन । कांग्रेसको संगठन पनि राम्रो हुनुपर्छ । राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज दिनुपर्छ ।’ नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गरे ।

उनले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप