शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स क्यापिटल र ठुलो खोला हाइड्रोपावरबीच साधारण शेयर निष्कासन सम्बन्धी सम्झौता

आइतबार, ०३ भदौ २०८०, १४ : ३१
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ ।  सिटिजन्स क्यापिटल लिमिटेड र ठुलो खोला हाइड्रोपावर लिमिटेडबीच साधारण शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । आइतबार राजधानीमा भएको उक्त सम्झौतामा ठुलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठुलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्कासन गर्नेछ । 

ठुलो खोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको आयोजना “माथिल्लो ठुलोखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप