सिटिजन्स क्यापिटल र ठुलो खोला हाइड्रोपावरबीच साधारण शेयर निष्कासन सम्बन्धी सम्झौता
आइतबार, ०३ भदौ २०८०, १४ : ३१
काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड र ठुलो खोला हाइड्रोपावर लिमिटेडबीच साधारण शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । आइतबार राजधानीमा भएको उक्त सम्झौतामा ठुलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठुलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्कासन गर्नेछ ।
ठुलो खोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको आयोजना “माथिल्लो ठुलोखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण