संविधानले मुलुकलाई गति दिन सक्दैन भनेर हस्ताक्षर गरेनौं : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनलाई स्वर्गीय प्रदीप गिरिले मुक्तिको आन्दोलन भनेर सबैभन्दा पहिले समर्थन गरेको बताएका छन् । काठमाडौँको प्रज्ञामा स्कुल अफ डेमोक्रेशीद्वारा प्रदीप गिरिको स्मृतिमा सोमबार आयोजित कार्यक्रम यादवले मधेस आन्दोलनमा आरुले विभिन्न आरोप लगाउँदा गिरिले समर्थन गरेको स्मरण गरे ।
‘मधेस विद्रोश विभेदमा पारिएका सीमानतकृत समुदायहरु संघर्ष थियो । त्यो आन्दोलनलाई कसै कसैले यो अतिवादी हिन्दुहरुले गरेको आन्दोलन भन्थे । शान्तिप्रक्रियालाई विथोल्न आएको आन्दोलन भन्थे । कसैले साम्प्रदायिक भनेर आरोप लगाएको बेलामा प्रदीप गिरि एक्लैले यो आन्दोलन मुक्तिको आन्दोलन हो । यसलाई सबैले साथ दिनुपर्छ,’ उनले भने ।
संविधानले अन्तरिम संविधानले व्यवस्था गरेका अधिकारलाई पनि सम्बोधन गर्न नसकेको यादवले बताए । ‘समावेशिता, संघीयता, निर्वाचन प्रणालीप्रति प्रदीप गिरिको विमति थियो । उहाँको विचार र हाम्रो बुझाइ एउटै थियो । संविधानले भविष्यलाई देखेन । अहिले समस्या छ । मुलुकलाई गतिदिन सक्दैन भनेर हामी दुई जनाले हस्ताक्षर नगरेको हो ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते
-
अष्ट्रेलियाले लियो टर्कीबिरुद्ध १ गोलको अग्रता
-
रास्वपा लुम्बिनी प्रदेश सभापति घिमिरे निर्वाचित, औपचारिक घाेषणा हुन बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण