सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते
सारांश
- बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु भएको छ ।
- अवैध रूपमा भारततर्फ लैजान लागिएका भैँसी नियन्त्रणमा लिएर भन्सार कार्यालय लैजाने क्रममा ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
- दुर्घटनामा सशस्त्र प्रहरी जवान र ट्रक चालक घाइते भएका छन् ।
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु भएको छ । दुर्घटनामा एक जना सशस्त्र प्रहरी जवान र ट्रक चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतीपुर बस्ने अन्दाजी ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवलदार तिलक कँडेल रहेका छन् । फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत कँडेलको उपचारको क्रममा मृत्यु भएको हो ।
आज बिहान अवैध रूपमा भारततर्फ लैजान लागिएका २ वटा भैँसी र १ वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौरा घर भएका अन्दाजी ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाह घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, बाँके रिफर गरिएको छ ।
यस्तै ट्रक चालक मकवानपुर बागमती गाउँपालिका–५ समरी बस्ने अन्दाजी ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएका छन् । उनको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
२४ वर्षपछि विश्वकपमा फर्किएको टर्की अस्ट्रेलियासँग स्तब्ध
-
राष्ट्रिय महाधिवेशन अगाडि रास्वपा मधेस प्रदेशको अधिवेशन नहुने
-
विश्वकपमा ब्राजिलको खस्कँदो लय: भिनिसियसको जादुले छोप्यो टोलीको कमजोरी
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण