नेपाल र भट्टराईसँग सिआइबीको बयान कि मौकाको कागज ?
काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अन्तिम समयमा आएर दुई पूर्वप्रधानमन्त्रीसँग ‘बयान’ लिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आइतबार उनकै निवास कोटेश्वरमा र अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सोमबार बिहान उनकै निवास टोखामा पुगेर सिआइबीले बयानमा कागज गराएको छ ।
सिआइबीले दुई पूर्वप्रधानमन्त्रीसँग बयान लिँदा सरकारी वकिल कार्यालयलाई जानकारी नै नगराइ बयान लिएको छ । सिआइबीले सरकारी वकिलबिनै बयान लिएकाले सो विषय बयान हो कि मौकाको कागज भन्ने प्रश्न उठेको छ । यद्यपि, दुई पूर्वप्रधानमन्त्रीसँग सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाउने प्रतिवेदनमा खुलाउने नै छ ।
फौजदारी अनुसन्धानका क्रममा प्रहरीले घटनाको प्रमाण देखेको, जानेको, बुझेको व्यक्तिसँग बुझेर मौकाको कागज गराउँछ । यसमा सरकारी वकिलको उपस्थिति अनिवार्य छैन । साथै मौकाको कागज गरेकाहरू आवश्यक परेको बखत सरकारी साक्षीका रूपमा अदालतमा समेत प्रस्तुत हुनसक्छन् । तर, सामान्यतः उनीहरूलाई मुद्दा चल्दैन ।
प्रहरीले घटनामा संलग्न रहेको आशंका गरेका व्यक्तिहरूसँग भने बयान लिने गर्छ । बयान गराउँदा सरकारी वकिलको उपस्थिति अनिवार्य हुन्छ । साथै, बयान गराइएको व्यक्तिलाई मुद्दा चल्ने वा नचल्ने निर्णय प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले गर्छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण