साउनमा लक्ष्यको ८२ प्रतिशत उठ्यो भन्सार राजश्व

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिना लक्ष्यको ८२ प्रतिशत भन्सार राजश्व संकलन भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार लक्ष्यको १८ प्रतिशत कम राजश्व संकलन भएको हो ।
यस अवधिमा ३२ अर्ब ३३ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा विभागले अर्थमन्त्रालयबाट ३९ अर्ब राजश्व संकलनको लक्ष्य पाएको थियो । विभागका निर्देशक पुण्यबिक्रम खड्काले यो लक्ष्यको ८२ प्रतिशत भएको बताए ।
चालू आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब २९ अर्ब रुपैयाँको आयात भएको छ । यो गत वर्षको तुलनामा १.५६ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा १ खर्ब ३१ अर्ब रुपैयाँको आयात भएको थियो ।
यस्तै, यस अवधिमा नेपालबाट १३ अर्ब ५२ करोडको निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ८.६५ प्रतिशतले कम हो । गत वर्षको साउन महिनामा १४ अर्ब ८० करोडको निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक
-
कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव